Techie IT
शनिबार, वैशाख ६,२०८२

यस्तो छ काठमाण्डौं क्षेत्र नं १० नेपाली कांग्रेस (बिपी)का उम्मेदवार सन्त प्रसाद श्रेष्ठको प्रतिबद्धता


काठमाडौं ।  शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूचीहरू समेटेर नेपाली कांग्रेस (बिपी) का काठमाण्डौं क्षेत्र नं १० को प्रतिनिधीसभा सदस्य उम्मेदवार सन्त प्रसाद श्रेष्ठले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, समृद्ध नेपालका लागि नेपाली कांग्रेस (बिपी) भन्ने मुख्य नारासहित सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

त्यस्तै संघीयता खारेज गर्ने र कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने, शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि सन्त प्रसाद श्रेष्ठको छ।

‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र बिकासको कामलाई अगाडि बढाउने आम काठमाण्डौं क्षेत्र नं १० बासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी काम गर्ने बताए ।’

क्षेत्र नं १० को आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान एवं परिचालन गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता पनि श्रेष्ठको छ।

‘बजारको आवश्यकता र मागअनुसारको विशिष्ट उत्पादनको कार्यक्रममा जोड दिइनेछ’ क्षेत्र नं १० को रणनीतिक महत्वका र रुपान्तरणकारी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न सकिने तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गरिने उहाँको भनाई छ ।

काठमाण्डौं क्षेत्र नं १० मा उत्पादन क्षेत्रमा वर्गीकरण गरेर कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भरता र निर्यातमा जोड दिने, प्रदेशमा उत्पादन हुने नगदेवाली, मौसमी वाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रुपमा विकास गर्ने श्रेष्ठको योजना छ।

कृषि, पशु अनुदानलाई व्यवस्थित प्रभावकारी र पारदर्शी बनाउँदै कृषि उद्योग व्यवसाय गर्न सस्तो व्याजदरमा सहज र सरल तरिकाले कर्जा उपलब्ध गराउने र उत्पादनको आधारमा अनुदान उपलब्ध गर्ने नीतिलाई कार्यान्वयन गर्ने उहाँको लक्ष्य छ।

क्षेत्र नं १० लाई चाहिने आवश्यक जनशक्तिको प्रक्षेपण गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने, क्षेत्र नं १० का तिन वटै नगरपालिकामा सुविधायुक्त बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने श्रेष्ठको चाहना छ ।

सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालयसहित नमुना विद्यालय बनाउने महत्वाकांक्षी प्रतिबद्धता पनि उल्लेख गर्दै ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक भवन तथा ल्याब र दरबन्दीसहित शैक्षिक पूर्वाधारसम्पन्न र शैक्षिक गुणस्तरयुक्त बनाइने। गुणस्तरीय प्रविधियुक्त शिक्षा सामुदायिक विद्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाउने सन्त प्रसाद श्रेष्ठको योजना छ ।

तिन वटै पालिका अस्पतालहरूलाई न्युनतम् ५० शय्यामा विस्तार गर्दै विशेषज्ञ डाक्टरसहित दरवन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेता श्रेष्ठको प्रतिबद्धता छ ।

गर्भवती महिलाहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण र प्रसूतिको व्यवस्था, आङ खस्ने पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेदेखि जेष्ठ नागरिकको लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्ने, हेमोफेलिया, थालेसेमिया र अटिजम, अब्स्ट्रेटिक फिस्टुला लगायतमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रतिबद्धता उल्लेख गरेका छन् ।

नेपालको ३५ जिल्ला लाई केन्द्रीय राजधानी सम्म जोड्ने दक्षिणकाली चोभार सडकको कालोपत्रे गर्ने,पर्यवरण पर्यटकीय केन्द्रलाई जोड्ने सडक कालोपत्रे गर्ने योजना श्रेष्ठको छ।

सबै वडासम्म पुग्ने सडकको स्तरोन्नती गरी वर्षभरी सञ्चालन हुनसक्ने अवस्थाको बनाउने प्रतिबद्धता श्रेष्ठको छ।

कृषियोग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्न नहर, कुलो सिँचाई, लिफ्टिङ सिँचाई, थोपा सिँचाई आदिको व्यवस्था गर्ने, सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टिङ प्रविधिमा आधारित सिँचाईको व्यवस्था गरी उत्पादन वृद्धिमा जोड दिइने ।

यस्तै स्थानीय तह र पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्यमा पर्यटन प्रवर्दन गरी पर्यटन संस्कृतिको विकास गर्ने, एक घर एक रोजगारी कार्यक्रममार्फत क्षेत्र बासीलाई लाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, अव्यवस्थित बसोवास र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराई धनीपूर्जाको व्यवस्था गर्ने, महिला, दलित तथा बालबालिकामाथि हुने सबैखाले हिंसा र विभेद अन्त्य गर्न कानूनी र नीतिगत प्रबन्ध गर्ने पनि प्रतिबद्धता गरेका छन्।

‘जसको नीति उसैको नेतृत्व’ हुनुपर्ने भन्दै सन्त प्रसाद श्रेष्ठले थपेका छन्, ‘जसको एजेण्डा उसैको सरकार अनि जसको योजना उसैको कार्यक्रम भयो भने मात्र निर्दिष्ट लक्ष्य चुम्न सकिन्छ।’


क्याटेगोरी : समाचार
ट्याग : #काठमाण्डौं क्षेत्र नं १०, #नेपाली कांग्रेस (बिपी), #सन्त प्रसाद श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545