Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री रहेका बेला विकासका काम उल्लेख्य गरेको छु : केपी ओली


झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् ।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीको भनाइ थियो ।

आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए ।

उनले हिजोका कम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने विश्वास पनि व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गर्दै यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #प्रधानमन्त्री रहेका बेला विकासका काम उल्लेख्य गरेको छु : केपी ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545