म एमाले होइन, तर चुनाव त एमालेले नै जित्नुपर्छ: नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिनुभएको छ ।
मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुग्नुभएका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताउनुभयो । आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उहाँले अझै शसक्त भएर लाग्न पोखरेललाई शुभकामना दिनुभयो ।
उहाँले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताउनुभयो । एमालेबाहेक अरु कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उहाँको विचार छ ।
सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुनसक्ने बताउँदै उहाँले एमालेप्रति जनताको ठूलो आशा रहेको बताउनुभयो ।
प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुग्नुभएका काठमाडौं–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #तर चुनाव त एमालेले नै जित्नुपर्छ: नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठ, #म एमाले होइन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्