Techie IT
आईतबार, वैशाख ७,२०८२

मुलुकको समृद्धिका लागि एमाले एकमात्र विकल्प हो: पार्वत गुरुङ


काठमाडौं, १३ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले देशको विकास र समृद्धिका लागि नेकपा एमाले एकमात्र विकल्प भएको बताएका छन् ।

हिजो शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले दोलखाको समृद्धि र विकासका लागि पनि नेकपा एमालेका उम्मेदवारहरू एकमात्र विकल्प भएको बताएका छन् । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत नदेखाउनेहरूले विभिन्न प्रलोभन देखाएर मतदातालाई भ्रमित पार्नसक्ने भन्दै उनले कसैको भ्रम र प्रलोभनमा नपरी एमालेका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।

नवप्रवेशीहरूलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री गुरुङले भने, ‘देशी–विदेशी शक्तिको इसारामा नेपाली कम्युनिष्टहरूको जनमत भत्काउने र विदेशीलाई अनुकुल हुने विभिन्न राष्ट्रघाती नीति निर्माण गरी निर्णय गर्न उद्दत् वर्तमान सरकारका मन्त्री र नेताहरूको कुनै पनि भ्रम र प्रलोभनमा मतदाता पर्न जरुरी छैन ।’

दोलखामा गठबन्धनका नेता र मन्त्री बनेकाहरूले विभिन्न शीर्षकमा बजेट भित्र्याउँदै आफैंले कमिशन खाएर सिध्याइरहेको तथ्य उजागर गर्दै नेता गुरुङले जनताको नाममा बजेट लाने र त्यही बजेटमा कमिशन खाने गठबन्धनका नेता र मन्त्रीहरूसँग आम दोलखाली र एमालेका नेता–कार्यकर्ताहरू सचेत रहनुपर्ने बताए ।

कार्यक्रममा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ र ६ का थामी समुदायका दर्जनौँ युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई नेता गुरुङले खादा लगाएर पार्टीमा स्वागत गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #पार्वत गुरुङ, #मुलुकको समृद्धिका लागि एमाले एकमात्र विकल्प हो: पार्वत गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545