Techie IT
आईतबार, वैशाख ७,२०८२

टी–२० विश्वकप क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानद्वारा पहिलो जित दर्ता


काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ चरणको आजको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा १३।५ ओभर खेल्दै पाकिस्तानले ९५ रन बनाएर खेल आफ्नो पक्षमा पारेको हो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र ९१ रन जोड्न सक्यो । नेदरल्यान्ड्सका लागि कोलिन अकर्मनले २७ रन र स्कट इड्वार्डसले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सको इनिङ्स धराशायी बनाउन पाकिस्तानका सदाब खानले ३ र मोहमद वासिमले २ विकेट लिए भने सहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफले १र१ विकेट लिए ।

जितसँगै सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलबाट २ हार र १ जितसहित २ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ भने नेदरल्यान्ड्सले ३ वटै खेल हारेर अङ्कविहीन बनेको छ ।

सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीले अब हुने बाँकी दुई खेल जिल्नैपर्ने दबाब छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानद्वारा पहिलो जित दर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545