Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एमाले सुदूरपश्चिमका तीन नेतामाथि कारबाही


कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।

कञ्चनपुरका जयराज पाण्डेय डोटीका प्रेम शाह र कैलालीका यज्ञराज बास्तोलालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनीहरू तीनैजना प्रदेश कमिटी सदस्य हुन् ।

आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको पाइएकाले उनीहरूमाथि कारबाही गरिएको प्रदेश सचिव धर्म पाठकले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमाले सुदूरपश्चिमका तीन नेतामाथि कारबाही


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545