तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्दै

काठमाडौं । तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्ने भएको छ ।
तिहारका कारण केही दिन देखि सुस्त बनेको चुनाव प्रचार भाइटिका लगाएसँगै सुरु भइसकेको छ । कतिपय उम्मेद्वारहरुले तिहारकै बीचमा पनि घरदैलो कार्यक्रम जारी राखेका थिए । अधिकांस उम्मेदवारले तिहारसम्ममा घरदैलो सकेका छन् । तिहारको भोलिपल्ट देखि टोल भेला र स्थानीय तह केन्द्रित भेला गर्ने उनीहरुको तयारी छ ।
निर्वाचन आयोगले कातिक १७ गते देखि ठूला आमसभा गर्न दलहरुलाई खुला गरेकोले त्यस अघि नै आन्तरिक भेटघाट,बैठक र भेलाहरु सक्ने तयारीम छन् दलहरु ।
मुख्यकुरा चुनावी घोषणा पत्र हालसम्म कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । कात्तिक १७ अघि नै घोषणा पत्र सबै दलले सार्वजनिक गर्ने तयारी गरेका छन् । नेकपा एमालेले १४ गते घोषणा पत्र सार्वजिनक गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचार प्रसारकै लागि भोली नै गृह जिल्ला झापा जाँदैहुनुहुन्छ । तीनदिनसम्म अध्यक्ष ओली झापामा नै रहने उहाँको सचिवालयले जानकारी दिएको छ ।
यस्तै तिहार मनाउन काठमाडौं आएका विभिन्न दलका नेता तथा उम्मेद्वारहरु पनि आजै काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्कने कार्यक्रम रहेको जनाएका छन् ।
एमाले पोलिटव्यूरो सदस्य एवं भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार महेश बस्नेतका अनुसार भोली विहान देखि टोल भेलाहरु सुरु हुनेछन् । तिहारका कारण करिब तीन दिन चुनावी कार्यक्रमहरु सुस्त बनेका थिए । तिहारको समयमा उम्मेदवारहरुले आफूले सार्वजनिक गर्ने प्रतिवद्धता पत्रको आन्तरिक तयारी गरेका छन् । तर केन्द्रीय घोषणा पत्र आएपछि त्यसका आधारमा प्रतिवद्धता सावर्जनिक गर्ने भनेर घोषणा पत्र कुरिरहेको नेताहरुले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्दै, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्