प्रहरी नायब निरीक्षक अनुप खत्री बागलुङ प्रहरीकै “उत्कृष्ट प्रहरी”

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक अनुप खत्री (मंगलबार) बागलुङ प्रहरीकै “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।
आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी नायब निरीक्षक खत्रीलाई “असोज महिनाको उत्कृष्ट प्रहरी” घोषित गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार प्रहरी नायब निरीक्षक खत्रीलाई निजले गरेको कामको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको बागलुङ प्रहरीले जनाएको छ ।
खत्री “उत्कृष्ट प्रहरी घोषित” भए सँगै जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले उनलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको उनको भनाई छ ।
खत्रीले लागूऔषध कारोबारमा संलग्न एक जना प्रतिवादी पक्राउ, फरार प्रतिवादी एक जना पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको, हतियार हेन्डिलिङ प्रशिक्षण प्रदान गर्ने, प्रहरी दिवशको अवसरमा ४६५ विरुवा बृक्षरोपण गर्ने तथा जनशक्ति ब्यावस्थापन र प्रशासनिक अभिलेखहरु चुस्त दुरुस्त राख्नुको साथै, म्यादी प्रहरी भर्ना छनौट तथा प्रशिक्षण कार्यमा समेत उत्कृष्ट ढंगले गर्नुको साथै, व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै “उत्कृष्ट प्रहरी घोषणा” गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बिमानस्थल सुरक्षा गार्ड वलेवा बागलुङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बागलुङमा कायारर्त प्रहरी नायब निरीक्षक खत्री ब्यवसायिक छवि भएका जुनियर प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छन् । उनलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले सम्मान गरिएको प्रहरीले जनाएको छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी सर्वोत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आईरहेको छ ।”
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्