Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न


काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् ।

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।
प्रदेशसभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा निर्वाचन, #प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545