भगवती चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं। निर्वाचन आयोगले नेकपा (एमाले) सुनसरी क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई इटहरी उपमहानगरपालिका–१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्ति ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था स्मरण गराउँदै आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।
शिक्षकलाई स्पष्टीकरण
आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा प्रदीप पराजुलीलाई नेपाली कांग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड ९ग० बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन ।
आचारसंहिताको दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने व्यवस्थाअन्तर्गत खण्ड ९क० मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको हो ।
यस्तै पर्वत जिल्ला निर्वाचन कार्यालयले कुस्मास्थित शिवालय माविका शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अधिकारीले गत असोज २२ गते आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले सो निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार किन कारबाही नगर्नु पर्ने हो भनी आयोगले स्पष्टीकरण सोधेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोगले, #भगवती चौधरी, #भगवती चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्