एसपी ज्ञवालीको सफल अनुसन्धान : बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

बागलुङ प्रहरीले कर्तव्य ज्यान कसूरमा संलग्न रहेको आरोपमा एक जना लाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १, खनियाबाँसकी ४२ वर्षीया फुलमाया (बोटे) माझीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पर्वतको मोदी गाउँपालिका वडा नंम्बर ५ स्थायी घर भइ हाल बागलुङ नगरपालिका वडा नंम्बर ०१ स्थित खनियाबाँस बस्दै आएका २५ बर्षीया प्रकाश योगीलाई एक साता नबित्दै पक्राउ गर्न सफल भएको हो ।
असोज २९ गते बेलुकी अन्दाजी पौने ६ बजेको समयमा बागलुङ नगरपालिका वडा नंम्बर ०१ स्थित रामरेखादेखि खनियाबाँस जाने ठाडो पैदल मार्गमा सोही ठाउँ बस्ने ४२ बर्षीया फुलमाया बोटे (माझी) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले (शुक्रबार) योगीलाई पक्राउ गरेको थियो । पक्राउ परेका योगिले घट्ना आफैंले घटाएको स्वीकारेका छन् । उनलाई प्रहरीले निरयघाटको सार्वजनिक सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको बागलुङ प्रहरीले जनाएको छ ।
घटनास्थल तथा लाशको प्रकृतिको विश्लेषण, मृतकको छिमेकीहरुसँगको सम्बन्ध तथा व्यवहार, घटनाको समय आसपासमा घटनास्थल हुँदै आवातजावात गर्ने मानिसहरुको पहिचान तथा निजहरुबाट प्राप्त सूचना, गोप्य रुपमा हासिल गरिएका सूचना लगायत प्रविधी समेतको प्रयोग तथा विश्लेषण गर्दा उनी घट्नामा संलग्न रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
बागलुङ बजारबाट पाँच सय मिटरको दुरिमा भएको हत्यामा आफूलाई ठूलो चुनौती थपिएको उनलेे बताए । स्पष्ट निर्देशन र अनुसन्धानमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला नायब उपरीक्षक गंगा थापा लगायत बागलुङ प्रहरीले ७ दिनमा गरेको कडा परिश्रम र मेहनतपछि मात्रै अपराधीलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उनी बताउँछन् ।
बिभत्स, अमानवीय र जर्जर ढंगबाट बलात्कारपछि कर्तव्य गरीएको ४२ बर्षीय फुलमाया माझीको घाईते भई बेहोस अवस्थामा रहेको र दुवै कानको लोतीको भागबाट रगत आईरहेको अवस्थामा फेला परेपछि प्रहरीले उनलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ लगेपनि उनको ज्यान भने जोगाउन नसकिएको ज्ञवाली बताउँछन् ।
प्रहरीले घाइते अवस्थामा माझीलाई भेटेपनि उनको उपचारका क्रममा सोही दिनको राती ९:३० बजेको समयमा मृत्यु भएको थियो । पक्राउ परेका उनी विरुद्ध आज (आइतबार) कर्तव्य ज्यान कसुर मुद्दामा सम्मानित बागलुङ जिल्ला अदालतबाट दश दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । झन्डै २ महिनाअघि पनि निसिमा भएको टाउको बिनाको शव लगायतको समेत प्रहरी उपरीक्षक ज्ञवालीले सफल अनुसन्धान गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्