Techie IT
आईतबार, वैशाख ७,२०८२

इन्द्र बानियाँ र विरोध खतिवडा लाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र-२ का उम्मेदवार विरोध खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र-२ (ख) का प्रदेशसभा उम्मेदवार इन्द्र बाँनियालाई स्पष्टीकरण सोधेको छ ।

‘मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #इन्द्र बानियाँ र विरोध खतिवडा लाई आयोगले सोध्यो स्पष्टीकरण, #निर्वाचन आयोग, #नेपाली कांग्रेस, #विरोध खतिवडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545