Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्वाचनका लागि ट्रेड युनियन काँग्रेसको परिचालन समिति गठन


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन परिचालन समिति गठन गरेको छ ।

कांग्रेसका निकायसँग समन्वय गरी ट्रेड युनियनका सम्पूर्ण संरचनालाई परिचालन गर्न अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा आज परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको ट्रेड युनियनले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545