दुई महिनामा वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९३ करोड

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ ।
जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाई जहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।ब्लेटलगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #दुई महिनामा वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९३ करोड, #व्यापार घाटा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्