Techie IT
आईतबार, वैशाख ७,२०८२

माथिल्लो तामाकोशी आयोजनाको विद्युत् उत्पादन बन्द गरिने


काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको विद्युत् उत्पादन बन्द गरिने भएको छ ।

कात्तिक ८ गते देदेखि १५ गतेसम्म विद्युत् उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाको उत्पादन युनिटहररूको नियमित निरीक्षणका लागि उत्पादन बन्द गर्न लागिएको आयोजनाले जानकारी दिएको छ ।

उक्त अवधिमा आयोजनाको हेडवर्क्स तथा मुख्य सुरुङको प्राविधिक निरीक्षण गरिने छ ।

यसअवधिमा जलाशयको पानी घटाउनुपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टासम्म नदीको बहाव बढ्न जाने भएकाले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माथिल्लो तामाकोशी, #माथिल्लो तामाकोशी आयोजनाको विद्युत् उत्पादन बन्द गरिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545