Techie IT
शनिबार, वैशाख ६,२०८२

होटलको कोठामा क्यामेरा लुकाई भिडियो गर्ने होटल म्यानेजर प्रहरी पक्राउ


काठमाडौं। होटलको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने होटल म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बाँसबारीस्थित रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर मुकेश मालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले होटलमा बस्ने आउने पाहुनाहरुको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका १५ का स्थायी बासिन्दा मालीको साथबाट प्रहरीले भिडियोहरुसमेत बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरि मालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ, #होटलको कोठामा क्यामेरा लुकाई भिडियो गर्ने होटल म्यानेजर प्रहरी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545