Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एमाले घोषणापत्र : कस्ता आए सुझाव ?


काठमाडौं । नेकपा एमालेले तिहार लगत्तै घोषणापत्र सार्वजनिक गर्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले पाँच वर्षभित्र गर्न सकिने योजना सार्वजनिक गर्न लागेको हो ।

त्यसका लागि एमालेले जनस्तरबाट सुझाव समेत माग गरेको थियो । घोषणापत्रका लागि जनस्तर र विज्ञबाट आएका सुझावलाई एमालेले संकलन, अध्ययन गरेर प्रतिवेदन लेख्ने काम गरिरहेको छ । पार्टी घोषणापत्र मस्यौदा समितिकी सदस्य तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार जनस्तरबाट पनि सामान्य आधारभूत आवश्यकता सम्बन्धी सुझाव आएका छन् । जनस्तरबाट दैनिकी जनजीविकाका सवाल आएको शाक्यले बताउनु भयो ।

उहाँले दीर्घकालीन आयोजना सुझावमा नआएको बताउनु भयो । एमालेले यसअघि २०७४ सालको निर्वाचनमा रेल, पानीजहाज, घरघरमा पाइपलाइनबाट ग्यास, नेपालको आफ्नै पानीजहाजका आयोजना घोषणापत्रमा समेटिएपछि विरोध भएको थियो । यो पटक सुझावमा त्यस्ता विषय नसमेट्न पनि सुझाव आएको एमालेले जनाएको छ । दीर्घकालीन योजनाभन्दा पनि पाँच वर्षभित्र गर्न सकिने योजनामात्रै घोषणापत्रमा समेट्न सुझाव आएको उपाध्यक्ष शाक्यले बताउनु भयो ।

उहाँका अनुसार शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई घोषणापत्रमा समेट्न सुझाव आएका छन् । सबैभन्दा बढी राजनीतिक स्थिरताको विषय आएको छ । त्यस्तै संवृद्धि विकासको विषय पनि आएको उहाँले बताउनु भयो ।  एमालेले घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेकपा एमाले घोषणापत्र : कस्ता आए सुझाव ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545