Techie IT
आईतबार, वैशाख ७,२०८२

केपी ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्दै


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्दै छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग टेलिफोन संवाद गर्न बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाइसकेका छन् ।

‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? ’

मंगलबार अध्यक्ष ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ ।

आगामी चुनावलाई लक्षित गरेर ओलीले नागरिकको सुझाव लिन खोजेको अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्दै, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545