Techie IT
आईतबार, वैशाख ७,२०८२

माओवादी कमजोर हुँदा देशमा संकट पर्छ: ‘प्रचण्ड’


काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा नेपाल देश नै संकट पर्ने सम्भावना भएको बताउनु भएको छ।

प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर ४ को चुनाव अहिलेसम्म सबैभन्दा महत्वपूर्ण र माओवादीको योगदानलाई न्यायको लागि महत्वपूर्ण खेल खेल्ने बताउनु भएको छ।

प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै भनेका छन् – ‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ’

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए। संविधान रक्षा र जन-आन्दोलनको प्राप्तिको रक्षा र सुरक्षाको लागि पनि यो निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नु बताउनु भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #माओवादी कमजोर हुँदा देशमा संकट पर्छ: ‘प्रचण्ड’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545