साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट

साताको अन्तिम कारोबार दिन सेयर बजारमा एक अंकको सामान्य गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् । जसले गर्दा बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ । बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।
जसमध्ये अभियान लघुवित्तको सवार्धिक ३ करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार र एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ ।
यता सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ७.७३ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६७ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य ६.५९ प्रतिशतले गिरावट भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट, #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्