प्रत्यारोपणका लागि मिर्गौला निकालेर वीरका डाक्टर भागेपछि…

काठमाडौं । वीर अस्पतालले मिर्गौला रोगीको उपचारका क्रममा चरम लापरबाही गरेका घटना सार्वजनिक भएको छ ।
धादिङको गल्छी गाउँपालिका–२ की ३५ वर्षीया चमेली गैरेको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणका लागि वीर अस्पतालमा पुगेका थिए । उनलाई उनकी ५८ वर्षीया सासूले मृगौला दिएकी थिइन् ।
गत मंगलबार मृगौला प्रत्यारोपण गर्ने मिति तय भएसँगै चिकित्सकहरुले सासूको मिर्गौला निकालेका थिए । तर जब मिर्गौला निकालियो एकाएक चिकित्सकहरु प्रत्यारोपण गर्न नसक्ने भन्दै निकालिएको मिर्गौला यतिकै छाडेर भागे ।
चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्न लागिएकी बुहारी चमेलीको नसामा समस्या रहेको भन्दै भागेको उनका आफन्तले बताएका छन् । जबकी प्रत्यारोपण गर्नुअघि सासू बुहारी दुवै जनाको अस्पतालले स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणका क्रममा दुवैको स्वास्थ्य अवस्था ठिक थियो । तर, अन्त्यमा मृगौला निकालिसकेपछि बुहारीमा प्रत्यारोपण गर्ने समयमा चिकित्सकहरु भागेका हुन् ।
चिकित्सक भागेपछि सासूबाट निकालिएको मिर्गौला पनि काम नलाग्ने भएको छ । अस्पतालको लापरबाहीपछि बिरामीका आफन्त आन्दोलित भएका छन् ।
अस्पतालले पनि घटनाको छानबिनका लागि समिति गठन गरेको छ । डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको अस्पतालले जनाएको छ । समितिको प्रतिवेदन आएपछि थप निर्णय लिइने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #वीर अस्पताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्