भरतपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

चितवन प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (मंगलबार) दिउँसो १२ बजेको समयमा वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले भरतपुर महानगरपालिका वडा नंम्बर १ बाट भारत देश मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने २५ बर्षीया सुमित कुमार प्रसाद र सर्लाही घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १ मा डेरा गरी बस्ने १९ बर्षीया समिर हुसेनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको घरकोठामा चेकजाँच गर्ने क्रममा लागुऔषध डाईजेपाम २७० एम्पुल, फेनार्गन २७० एम्पुल र नुर्फिन २७० एम्पुल गरी जम्मा ८१० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध लागूऔषध कसुर ऐन अन्तर्गत थप अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीले जानकारी दिए ।
पाँच दिन अघि मात्रै पनि चितवन प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको थियो । तीन भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । उनीहरुको साथबाट प्रहरीले तीन हजार एम्पुल लागुऔषध सहित भारतीय कार समेत नियन्त्रणमा लिएको थियो । चितवन प्रहरीको सक्रियता बढेसंगै जिल्लामा लागूऔषध सहित गिरोहहरु समेत धमाधम पक्राउ पर्न गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्