नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर १२ मा प्रवेश

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आज भएको समूह ए को पाँचौँ खेलमा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १६२ रन बनायो । श्रीलङ्का लागि कुशल मेन्डिसले सर्वाधिक ७९ को योगदान गरे ।
जवाफी ब्याटिङका क्रममा नेदरल्याड्सले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १४६ रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले सर्वाधिक अविजित ७१ रन जोडे पनि अन्य खेलाडीले राम्रो रन जोड्न नसक्दा लक्ष्य भेटाउन भने सकेनन् ।
तिन खेलमा एक हार र दुई जितसँगै श्रीलङ्काले अङ्क तालिकामा राम्रो रनरेटका कारण समूह ए मा नामिबिया र युएईबीचको अर्को खेलको नतिजा बिनै सुपर १२ मा प्रवेश गरेको हो ।
हारका बाबजुद पनि नेदरल्यान्ड्सको सुपर १२ पुग्ने सम्भावना कायमै छ । तर, नामिबियाले युएईलाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स समूह चरणबाटै बाहिरिनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर १२ मा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्