निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आयोगको आग्रह

काठमाडौँ I प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्व नियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाउनुभयो ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको बताउनुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिनेशकुमार थपलिया, #निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आयोगको आग्रह, #प्रमुख निर्वाचन आयुक्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्