Techie IT
आईतबार, वैशाख ७,२०८२

शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घट्यो


काठमाडौँ । साताको पहिलो दिनदेखि घट्न थालेको नेपाली शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घटेको छ ।

बुधवार नेप्से परिसूचक १२.८१ अङ्कले घटेर १८४५.५१ विन्दुमा झरेको छ । २१६ कम्पनीहरूको २० हजार २७४ पटकको कारोबारमा ६४ करोड ३६ लाख ७ हजार कित्ता शेयर २१ लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ ।

नेप्से ओरालो लागे पनि यस दिन तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । होटेलले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै होटलको ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545