जनताको घरदैलोमा शेरबहादुर तामाङ

सिन्धुपाल्चोक । नेकपा एमाले नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ यतिखेर जनताको घरदैलोमा हुनुहुन्छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र-२ बाट उम्मेदवार बन्नुभएका तामाङ जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।
स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोकबासीले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् ।
एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित तामाङले आफूले बोलेको विषयलाई लिएर प्रश्न उठेपछि मन्त्री पदबाटै राजीनामा दिएर उच्च नैतिकता कायम गर्नुभएको थियो । बोलेको विषयलाई बङ्ग्याएर उठाइएको प्रश्नलाई लिएर मन्त्री पदबाटै राजीनामा दिने सम्भवतः नेपालको पहिलो मन्त्री उहाँ नै हुनुहुन्छ ।
घुस खान्न बरु जनतासँग मागेर खान्छु भन्ने स्पष्ट धारणा भएका तामाङको नेपालको आर्थिक विकासको स्पष्ट धारणा छ । उहाँले गाँजा खेतीमा नेपालको विकास देख्नु भएको छ ।
गाँजा खेती गरी विदेश निर्यात गर्ने हो भने नेपालीको आर्थिक स्तर ५ वर्षभित्र विकसित मुलुकको दाँजोमा पुर्याउन सकिने उहाँको धारणा छ । ‘गाँजा नेपालको हिमालदेखि तराईसम्म उत्पादन हुन्छ, गाँजा लागु औषधको रूपमा होइन, औषधीको रूपमा कानुन बनाएर उत्पादन गर्नुपर्छ, विदेश पठाउनु पर्छ, नेपाल र नेपालीको समृद्धि यसैमा छ’, तामाङको स्पष्ट धारणा छ ।
तामाङ प्रतिनिधि सभा सदस्य हुँदा गाँजा खेती सम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता गराउनुभएको छ । त्यसलाई छलफलमा ल्याई पास गराएर नेपालीको समृद्धिको लागि कार्यान्वयन ल्याउन आफूले नेतृत्व गर्ने उहाँ बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनताको घरदैलोमा शेरबहादुर तामाङ, #नेकपा एमाले, #शेरबहादुर तामाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्