Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा एमाले स्याङ्जाले टिकटक प्रतियोगीता आयोजना गर्ने


स्याङजा । नेकपा एमालेको साइबर सर्कल वालिङ्, स्याङ्जाले २० हजार राशीको टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । मंसिर प्रतिनिधिसभा तथा प्रदेशासभाको चुनावलाई लक्षित गर्दै सोमवार एक कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले सो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरी मस्ट पपुलर र क्रियटिभ दुई विधामा एक एक जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले दश हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीता असोज ३१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा कार्तिक २० गतेसम्म चल्नेछ ।

प्रतिस्पर्धाको अन्तिम नतिजा मंसिर १ गते हुनेछ भने नेकपा एमाले सचिब पद्मा अर्यालले पुरस्कार वितरण गर्नुहुने छ । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल स्याङ्गजाका प्रमुख राजु ख्याम काफ्लेले जानकारी दिनुभयो । टिकटक भिडियो २०७९ असोज ३१ देखि कार्तिक २० गतेसम्म अपलोड गरिसक्नुपर्ने छ ।

भिडियो एमालेले अघि सारेका योजना र विकास आधारित हुनुपर्ने छ । बढीमा २ मिनेटसम्मको भिडियोमा एमालेका उम्मेदवारबारे हुनुपर्नेछ । भिडियोमा राष्ट्र निर्माण र स्याङ्जा क्षेत्र नं २ को विकासका निम्ति नेकपा एमाले सरकारले सुरु गरेका कामहरु समेटिनुपर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमाले स्याङ्जाले टिकटक प्रतियोगीता आयोजना गर्ने, #पद्मा अर्याल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545