Techie IT
शनिबार, वैशाख ६,२०८२

तेस्रो पटक म्याद थपको लागि सन्दीपलाई अदालत लगिँदै


काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्ने तयारी भएको छ ।

म्याद थपको लागि प्रहरीले सन्दीपलाई आज बुधबार जिल्ला अदालत काठमाडौंमा लैजाने तयारी गरेको हो ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तेस्रो पटक म्याद थपको लागि सन्दीपलाई अदालत लगिँदै, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545