बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक–आपसमा जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालिकासहित दुईजना घाइते भएका छन् ।
बिर्तामोड–२ बेलडाँगीमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकको बेलुका मृत्यु भएको हो ।
भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रश्ना भुजेल घाइते भएका छन् । घाइते आमा–छोरीको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, #मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्