Techie IT
शुक्रबार, वैशाख ५,२०८२

‘लाईभ डिबेट’ गर्न देउवालाई केपी ओलीको चुनौती


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिनुभएको हो । ओलीले यसका लागि आफू तयार रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो, होइन भनेर प्रश्न गर्नुभएको छ ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’


क्याटेगोरी : समाचार
ट्याग : #‘लाईभ डिबेट’ गर्न देउवालाई केपी ओलीको चुनौती, #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545