Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन १ मा कांग्रेसविरुद्ध बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता


काठमाडौं । चितवन १ मा नेपाली कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

बुर्लाकोटीले गठबन्धनको तर्फबाट कांग्रेसका विश्वनाथ पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । उनले देउवाले सम्मानजनक जिम्मेवारी दिने बताएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

आफ्नो उम्मेदवारी निष्क्रिय भएसँगै पार्टीका उम्मेदवार पौडेललाई जिताउन लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चितवन १ मा कांग्रेसविरुद्ध बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545