बुढानिलकण्ठ नगरपालिका १ बाट नेकपा एमालेको जनता साक्षात्कार अभियान सुरु

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १ बाट नेकपा एमालेका उम्मेदवारहरुले जनता साक्षात्कार अभियान सुरु गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये उत्तरी सिमानामा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १ का जनताहरु संग प्रत्यक्ष साक्षात्कार सुरु गरेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य पदका उम्मेदवार जयराम थापाले अभियानको सुरुवात बुढानिलकण्ठ दर्शन गर्दै बटुक र पण्डितबाट टिका ग्रहण गरेर गरेका थिए।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) का संयोजक जिल्ला कमिटी सदस्य राजन पोखरेलको संक्षिप्त सम्बोधन पश्चात सुरु भएको सो कर्यक्रममा अन्तर्गत नेकपा एमालेका उम्मेदवारहरुले वडा नं १ का विभिन्न टोलका जनताहरु संग अन्तरक्रिया तथा भेटघाट गरेका थिए।
सो जनता साक्षात्कार अभियानको सुरुवातमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ (२) सह संयोजक शिला लामा ,सचिव गोविन्द कटवालल ,नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहित विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #बुढानिलकण्ठ नगरपालिका, #बुढानिलकण्ठ नगरपालिका १ बाट नेकपा एमालेको जनता साक्षात्कार अभियान सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्