नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?

गोरखा । बि.स. २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट साविकको नारेश्वर ८ घलाङमा जन्मिएका रामशरण बस्नेत २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट जननिर्वाचित सांसद हुन् ।
२०३२ सालमा ७र८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार तथा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०३२ सालदेखि राजनितीमा होमिएका बस्नेत २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
२०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
हाल एमालेको केन्द्रिय सदस्य एवं गोरखा र मनाङ जल्लाको ईन्चार्जको जीम्मेवारी पाएका बस्नेतले २०७४ को प्रदेशसभा चुनावमा नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका थिए ।
२०७४ फागुन ४ गते बिस्तार भएको मन्त्रीमण्डलबाट गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएको उनले केही समयपछि भौतिक पुर्वाधार मन्त्रालय समाल्ने अबसर पाएका थिए । प्रदेश सरकारका प्रवक्त समेत रहेका उनले केही समय आन्तरिक मामिला तथा कानुन मन्त्रायको जिम्मेवारी पनि समालिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #गोरखा क्षेत्र नं १, #नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?, #रामशरण बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्