निवर्तमान मन्त्री बस्नेतले जिम्मेवारी पाएका मन्त्रालयको मुख्य उपलब्धीहरु हेर्नुहोस्
हेर्नुहोस्, मन्त्री बस्नेतले सम्हालेको मन्त्रालय अन्तरर्गत अहिलेसम्म मुख्य के के काम भए रु
ड्ड गण्डकी प्रदेश सरकारबाट २०० कि।मि। भन्दा बढी सडक कालोपत्रे तथा ढलान र ३८० कि।मि। सडक ग्राभेल गरिएको छ। ३६ सडक पुलहरुको निर्माण सम्पन्न गरिएको छ। आगामी बर्ष सम्पन्न गर्ने गरी स्थानीय तहको केन्द्र जोड्ने सडक र एक निर्वाचन क्षेत्र एक सडक विकास कार्यक्रम अन्तर्गत गरी कुल ६३२ कि।मि। सडक कालोपत्रे गर्ने र ८३ वटा सडक पुलको निर्माण कार्य भइरहेको छ।
ड्ड प्रदेशमा हालसम्म १८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् भने आगामी बर्षमा निर्माण सम्पन्न हुने गरी ४४ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन्।
ड्ड प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत १०२ आयोजनाहरु सम्पन्न भई ५,४९८ घर परिवारका २९,५०६ जनसंख्या लाभान्वित भएका छन्। त्यसै गरी “एक घर एक धारा” कार्यक्रम अन्तर्गत करीब २१० वटा आयोजना सम्पन्न भई ७६००० वटा निजी धारा जडान गरिएको र यसबाट ३ लाख ३० हजार ७ सय जनता लाभान्वित भएका छन्। हाल ८९६ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।
ड्ड नयाँ सिँचाइ आयोजनाहरुबाट ४३,४८५ रोपनी जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुगेको छ।पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नति र नवीकरणबाट २,०३,६७२ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। आगामी बर्ष सम्म निर्माण सम्पन्न हुने गरी हाल निर्माणाधीन ३४७ सिँचाइ आयोजनाहरुबाट २,९७,८७२ रोपनी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
ड्ड गण्डकी प्रदेश उज्यालो प्रदेश कार्यक्रम प्रारम्भ गर्दा विद्युत सेवा पुगेका घर परिवार ८२ प्रतिशतवाट बढेर ९८।९ प्रतिशत पुगेको छ । सोमध्ये ९२।७९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत र अन्यमा सौर्य उर्जा र लघु जलविद्युत आयोजनाबाट विद्युत सेवाको पहुँच पुर्याइएको छ ।
ड्ड नदी नियन्त्रण कार्य अन्तर्गत ५६।५ कि।मि तटबन्ध निर्माण गरिएको छ।सो कार्यबाट ३०,५३६ रोपनी जमिन उकास भएको छ। हाल ६५ वटा नदी नियन्त्रणका योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन्।
ड्ड विपन्न तथा लोपोन्मुख समुदायको लागि सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म१,३२० वटा भन्दा बढी घर निर्माण सम्पन्न भएका छन् भने २२५ घर निर्माणाधीन छन्।
ड्ड सवारी तथा यातायात सेवा प्रवाह सहज बनाउन ७ जिल्लामा ९ वटा कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ भने विगतमा ३ जिल्लाबाट मात्र पटके रुट परमिट जारी गरिने गरेको हाल मनाङ र मुस्ताङ जिल्ला बाहेकका ९ वटै जिल्लाबाट पटके रुट परमिट लिन सक्ने व्यवस्था मिलाईएको छ । यस आर्थिक वर्षमा लकडाउनका वावजुद पनि ९,६२४ नयाँ लाइसेन्स वितरण तथा घण्,टछड लाइसेन्स नवीकरण गरिएको छ भने करिब ४८००० स्मार्ट कार्ड वितरण गरिएको छ ।
ड्ड निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयको भए पनि कार्यान्वयन भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने भएकोले सो कार्यक्रम अन्तर्गत गत आ।व।मा ७९२ आयोजना सम्पन्न भएका छन् र चालु आ।व।मा ८४२ योजना कार्यान्वयन भइरहेका छन् जुन योजनाहरु असाढ मसान्तसम्म सम्पन्न हुनेछन ।
को हुन् बस्नेत रु
बि।स। २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट साविकको नारेश्वर ८ घलाङमा जन्मिएका रामशरण बस्नेत २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा ९ख० बाट जननिर्वाचित सांसद हुन् ।
२०३२ सालमा ७र८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार तथा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०३२ सालदेखि राजनितीमा होमिएका बस्नेत २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
२०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
हाल एमालेको केन्द्रिय सदस्य एवं गोरखा र मनाङ जल्लाको ईन्चार्जको जीम्मेवारी पाएका बस्नेतले २०७४ को प्रदेशसभा चुनावमा नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका थिए ।
२०७४ फागुन ४ गते बिस्तार भएको मन्त्रीमण्डलबाट गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएको उनले केही समयपछि भौतिक पुर्वाधार मन्त्रालय समाल्ने अबसर पाएका थिए । प्रदेश सरकारका प्रवक्त समेत रहेका उनले केही समय आन्तरिक मामिला तथा कानुन मन्त्रायको जिम्मेवारी पनि समालिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निवर्तमान मन्त्री बस्नेतले जिम्मेवारी पाएका मन्त्रालयको मुख्य उपलब्धीहरु हेर्नुहोस्, #रामशरण बस्नेत
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्