Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेसँग सद्भाव र आत्मीयता छः कमल थापा


हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग सद्भाव र आत्मियता रहेको बताएका छन् ।

सोमाबार हेटौंडा-५ र ६ मा भएको कार्यक्रममा बोल्दै थापाले एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको बताए ।

उनले एमालेसँगको सहकार्य चुनाव जित्ने मात्र नभइ देशको आवश्यकताका कारण भएको स्पष्ट पारे । थापाले बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको औल्याए ।

थापाले देशभित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको र राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए ।

नेपालको चुच्चे नक्सा जारी भएसँगै एमाले लगायतका राष्ट्रवादी शक्ति माथी प्रहार हुन थालेको उनले बताए । सत्ता गठबन्धन राष्ट्रवादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने थापाको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545