राजेन्द्र बजगाई पर्यटन क्षेत्र बुझेको उम्मेदवार हुनुहुन्छ :बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा १ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञानभएका उम्मेदवार पाएको बताएका छन् ।
शनिवार गठबन्धनका दलहरुको आयोजनामा नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणकाक्रममा उनले भने ‘उत्तरी गोरखा र मनास्लुलाई पर्यटकीय दृष्टिकोणले बिकास गर्नुपर्छ, त्यहाँ अहिले गठबन्धनबाट राजेन्द्र बजगाईउम्मेदवार हुनुहुन्छ, उहाँ आफैँ पर्यटन क्षेत्रको पनि भएकाले नुबझ्नै कुरै भएन ।’ बजगाईको अनुभव र कामलेपनि उत्तरी गोरखाको पर्यटनलगायत सामग्र बिकास प्रभावकारी हुनेमा आशावादी हुन उनले अनुरोध गरे ।
गठबन्धन दलबिचको एकता नयाँ युगको सुरुवात भएको बताउँदै उनले त्यसकालागि चुनाव पहिलो खुड्किलो भएको बताए । ‘गठबन्धनबन्नु बैचारिक कारण पनि छ, बिकास र समृद्धीका लागि कांग्रेस र बामपन्थी बिचको सहकार्य नभई हुँदैन’ उनले भने ।
गठबन्धन दलले जितेन भने, प्रतिनिध सरकारमा पुगेर र सरकार चलेन भने बिकास र समृद्धी संभव नहुने उनले बताए । ‘जितेर सरकार नैचलाउनुपर्छ, वलीको जस्तो तीनवर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउनआग्रह गर्दै उनले भने ।
आफुले यसअघि निर्वाचनमा गोरखा २ बाट खसेको मतको ८३ प्रतिशत मत प्राप्त गरेको प्रशंग जोड्दै उनले माओवादी केन्द्रका अध्यक्षदाहाललाई भने ‘अहिले पनि कठित त छ तर असम्भव छैन, तपाईले ९० प्रतिशत मत ल्याउनुपर्छ, नयाँ इतिहास लेख्नुपर्छ र गठबन्धनपाँच वर्ष चल्नुपर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #डाक्टर बाबुराम भट्टराई, #राजेन्द्र बजगाईँ, #राजेन्द्र बजगाई पर्यटन क्षेत्र बुझेको उम्मेदवार हुनुहुन्छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्