Techie IT
आईतबार, वैशाख ७,२०८२

उत्कृष्ट कार्य गर्ने आठ प्रहरी निरीक्षक सहित ३० प्रहरी नगदसहित सम्मानित


नेपाल प्रहरीको ‘उत्कृष्ट प्रहरी’ भित्र पर्न कार्य सम्पादन मूल्याकंनलाइ पहिलो प्राथामिकताको रूपमा लिइने गरिन्छ । कार्य कुशलता, ईमानदारीता र कर्तव्यनिष्ट प्रहरी पनि ‘उत्कृष्ट प्रहरी’ मापनका लागी अपरिहार्य छ ।

यस्तै, कुशल कार्य गरी प्रहरीको छवि बढाउने आठ जना प्रहरी निरीक्षकसहित ३० जना प्रहरी कर्मचारीहरुलाई ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले आज (सोमबार) पुरस्कृत तथा सम्मान गरेको छ ।

नेपाल प्रहरीको नीति तथा निर्देशन बमोजिम उत्कृष्ट काम गरेकोे भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी निरीक्षकद्वय देवराज शर्मा र गोपाल पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी निरीक्षक धर्मराज अधिकारी पुरस्कृत भएका थिए ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कायारर्त प्रहरी निरीक्षक अनोज बिश्वकर्मा, ईलाका प्रहरी कार्यालय माडी चितवनमा कायारर्त प्रहरी निरीक्षक सन्तोष खड्का, ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवनमा कायारर्त प्रहरी निरीक्षक सुनजित तामाङ, वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा कायारर्त प्रहरी निरीक्षक दीपक केसी, ईलाका प्रहरी कार्यालय फुलबारी चितवनमा कायारर्त प्रहरी निरीक्षक हरि बहादुर वली समेत पुरस्कृत भए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनमा कायरर्त प्रहरी सहायक निरीक्षकद्वय हरी बहादुर पेनी, धर्म राज पौडेल लगायत अन्य प्रहरी कर्मचारीहरुलाई समेत चितवन जिल्लाका न्यायधीश रितिन्द्र थापाले नगद सहित सम्मान गरेका थिए ।

पुरस्कृत भएपछि संगठनको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आफूलाई थप प्रेरणा मिलेको उनीहरु बताउँछन् । जिल्लाले कामको मूल्यांकन गरी उत्कृष्ट प्रहरी अधिकृत रूपमा चयन गरेकोलाई पुरस्कृत गरिएको र आगामी दिनमा अझ बढी कुशलतापूर्वक कार्य गर्नमा जिल्ला प्रहरी कार्यालय बिश्वस्त रहेकोे प्रहरी प्रवक्ता बिजयराज पण्डितको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा अमर प्रहरी परिवार संघका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । भने, पूर्व प्रहरी संगठनका अध्यक्ष र चितवन जिल्लाका जेष्ठ प्रहरी अर्जुन बहादुर थापालाई समेत कदरपत्र प्रदान गरिएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अमर प्रहरी परिवार संघका अध्यक्ष सरस्वती पौडेल, पूर्व प्रहरी संगठनका अध्यक्ष उद्वव कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन जिल्ला न्यायधीश रितिन्द्र थापा, नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक डिआइजी सन्दिप भण्डारीले शुभकामना मन्तव्य ब्यक्त गरेको सो, कार्यक्रममा चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले धन्यवाद ब्यक्त गरेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545