कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित

कैलाली । नेपाली कांग्रेस कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरेको छ।
कांग्रेस जिल्ला कार्यसमिति कैलालीले बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तिनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
कारबाही पर्नेमा कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक ओझालाई कांग्रेसले कारबाही गरेको छ।
उम्मेदवार सहित तिनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन्। भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्रीलाई निष्काशित गरेका छन्।
यस्तै, क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्