मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर: दिनेशकुमार थपलिया

गण्डकी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीन दिने निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उहाँले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्दै उहाँले उम्मेदवारले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत गर्ने सम्पूर्ण खर्चको आयोगले नियमन गर्ने संयन्त्र बनाइरहेको जानकारी दिनुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले नेपाल टेलिभिजनबाट आगामी निर्वाचनलाई सफल पार्न केन्द्रदेखि जिल्लासम्मका सबै समाचारदाता जिम्मेवारी पूरा गर्न क्रियाशील बन्ने बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपाल टेलिभिजनको लोकप्रियता कायम राख्न र आगामी निर्वाचनमा संवाददाताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्त, वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष डा सुरेश आचार्य, पत्रकार सङ्गीता लामा, नेपाल टेलिभिजनका कार्यक्रम प्रमुख डा टङ्क उप्रेती र वरिष्ठ क्यामरा पर्सन पुरुषोत्तम घिमिरेले प्रशिक्षण दिनुभएको थियो । तालिममा गण्डकी र बागमती प्रदेशका गरी ४५ जना जिल्ला संवाददाताको सहभागिता छ ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #दिनेशकुमार थपलिया, #प्रमुख निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्