रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताउनुभएको छ ।
एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रुपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताउनु भयो । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताउनुभयो ।
रुपन्देही–२ मा चुनाव जित्न एमालेको कसैसँग प्रतिस्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, गएको निर्वाचनमा एमालेका सबै उम्मेदवारले दोब्बर मतान्तरले जितेछ । एमालेलाई जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छौ ।’
रुपन्देही क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधैँ युवालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनु भयो । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधैँ सामाजिक रूपान्तरण लाग्दै युवालाई प्राथमिकताका साथ अगाडि सार्ने मेरो सोच छ’ श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकर्ताहरु मिहिन ढङ्गले जुट्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं, #विष्णु पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्