मेयर हर्क साम्पाङविरुद्ध किन सडकमै उत्रिए नगरबासी ?

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्द नगरबासी सडकमा उत्रिएका छन । धरान वडा नम्बर ४, १३ र १४ का सर्वसाधारणले आज मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका हुन ।
मेयर राईले धरान– ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि प्रतिकारमा तीनवटा वडाका बासिन्दा उत्रिएका हुन । मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरे ।
मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोलनमा उत्रनु परेको आन्दोलनकारीको भनाई छ । धरान ४,१३ र १४ का बासिन्दाले खाँदै गरेको पानीको मुहान माथिबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।
मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए । दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिनुभएको छ ।
मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धरान उपमहानगरपालिका, #मेयर हर्क साम्पाङविरुद्ध किन सडकमै उत्रिए नगरबासी ?\, #हर्कराज राई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्