एमालेले घोषणापत्रमा ‘एक घर, एक रोजगार’लाई प्राथमिकता दिने

काठमाडौं । नेकपा एमालेले आफ्नो घोषणापत्रमा ‘एक घर, एक रोजगार’लाई मुख्य प्राथमिकता दिने भएको छ । केही दिनमै सार्वजनिक गर्न लागिएको घोषणापत्रमा ‘एक घर, एक रोजगार’ मुख्य प्राथमिकतामा समेटिएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले एकदुई दिनमै घोषणापत्र सार्वजनिक गर्दैछ । उक्त घोषणापत्रमा रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको गुरुङले बताउनु भयो । ‘एक घर एक रोजगार’ नभई मुलुकको बेरोजगारी समस्या समाधान नहुने भन्दै उहाँले गरिबी, भोकमरीको अन्त्य गर्न रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले घोषणापत्रमा शिक्षा, स्वास्थ्य र रोजगारको विषयलाई प्राथमिकता दिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । पढाइ, दबाइ, कमाइ, एक घर एक रोजगार मुख्य प्राथमिकतामा छदैछ । समाजवादको आधार तय गर्ने हो भने शिक्षा राज्यको दायित्वमा ल्याउनुपर्छ, स्वास्थ्यमा जनताको निःशुल्क उपचार गर्नुपर्छ ।’
राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिलाई एमालेले चुनावी मुद्दा बनाउने तयारी गरेको छ । एमालेले घोषणापत्रको मस्यौदा तयार गरेर केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
एमालेले घोषणापत्रका लागि सार्वजनिक रूपमा समेत सुझाव मागेको थियो । एमालेले राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार भन्ने नारा बनाएर जनताका बीचमा जाने तयारी गरिरहेको छ । ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियो । ०७४ मा एमाले–माओवादीको गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेर नेताहरू चुनावी प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रतिर लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक रोजगार’लाई प्राथमिकता दिने, #एमालेले घोषणापत्रमा ‘एक घर, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्