चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेमा त्यसको हिसाब किताब हुन्छ: बास्कोटा

काभ्रे । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र-२ का एमाले उम्मेदवार गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेर धादली गरेमा त्यसको हिसाब-किताब हुने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बिहीबार आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारहरूसँग सञ्चारकर्मी’ कार्यक्रममा नेता बास्कोटाले यस्तो बताउनु भएको हो ।
नेता बास्कोटाले शान्तिपूर्ण चुनावमा एमालेले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हतोत्साहित र उत्तेजित छैनौँ, शान्तिपूर्ण चुनावमा सहयोग गर्नेछौँ, तर सत्ता दुरुपयोगको गन्ध मात्रै आयो भने त्यसको हिसाबकिताब हुनेछ ।’
निर्वाचनलाई स्वतन्त्र, मर्यादित, व्यवस्थित र आचारसंहिताको परिधिभित्र रहेर सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा भाग लिने सबै उम्मेदवारहरूले शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउनमा लागि पर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
उहाँले मतदाताले स्वतन्त्र ढङ्गले विवेक प्रयोग गरेर निर्वाचन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले प्रतिस्पर्धी पार्टीको विचार दृष्टिकोण कार्यक्रममाथि कुनै पनि प्रकारको अपमानजनक व्यवहार प्रदर्शन नगरिने प्रस्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकुल बाँस्कोटा, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्