सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने
सल्यान । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन । जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् ।
जिल्लामा पुरुष मतदाताको सङ्ख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको सङ्ख्या ७७ हजार ४ सय ८९ रहेको छ । एक मात्र प्रतिनिधिसभा रहेको सल्यानमा प्रदेशसभा (क) भन्दा प्रदेशसभा (ख) मा धेरै मतदाता रहेका छन् । जसमा प्रदेश सभा (क) मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन् ।
यस्तै, प्रदेशसभा (ख) मा ४० हजार ३८ पुरुष र ३८ हजार ९ सय ९५ महिला गरेर ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा तीन मतदान स्थल र एक मतदान केन्द्र थप भएका छन् । यससँगै जिल्लामा एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्र कायम भएका छन् ।
अहिले अस्थायी मतदाता नामावलीका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी अस्थायी मतदाता भित्र पर्छन् । तर जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली न्यून मात्रामा रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सल्यान, #सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्