गोरखा १ मा राप्रपाले एमाले नेता रामशरण बस्नेतलाई सघाउने

गाेरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गोरखाले क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेद्धवारलाई सघाउने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई सघाउने निर्णय भएको जानकारी दिए ।
बस्नेत २०४९ र २०५४ गरी २ पटकसम्म तत्कालिन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भईसके । २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट कांग्रेसका राजेन्द्र बजगाईँलाई नै हराउँदै उनी सांसद हुँदै मन्त्री बनेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि बस्नेत र बजगाईँबीच प्रतिस्पर्धा हुनेछ । बजगाईँ सत्तारूढ दलको तर्फबाट उम्मेदवार बनेका हुन् ।
२०३५ सालदेखि कन्युष्टि आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए ।बस्नेतले गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्री हुँदा गोरखामा उल्लेख्य बिकासका कामहरु गरेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ ।आफु सत्तामा हुँदा गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफुले जित्ने बस्नेत दाबी गर्छन् ।
‘गठबन्धनको सरकार बनेको आज डेढ बर्ष बढि भईसक्यो । तर, जनताले के पाए ? यो सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा र बिकासका क्षेत्रमा कति काम गरे ?’, बस्नेत प्रश्न गर्छन्, ‘तर, एमालेको सरकार हुँदा गोरखाको मात्रै कुरा गर्ने हो भने पनि मेरै नेतृत्वमा सयौँ किलोमिटर सडक कालोपत्रे भए, दर्जनौँ पुलहरु बने, स्वास्थ्य संस्थाहरु बने, उत्तरी गोरखामा सडक सन्जाल जोडियो, हजारौँ घरघरमा बिजुली, खानेपानी पुग्यो । चौतर्फी बिकासका मुलहरु फुटे । त्यसको मुल्याङ्कन जनताले गरेका छन् । मलाई लाग्छ जनताले गठबन्धन हैन्, बिकास चाहान्छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #गाेरखा, #गाेरखा १ मा एमालेका बस्नेतलाई राप्रपाकाे समर्थन, #गोरखा १ मा राप्रपाले एमाले नेता रामशरण बस्नेतलाई सघाउने, #रामशरण बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्