Techie IT
शनिबार, वैशाख ६,२०८२

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोस्रो पटक थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।

बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका आज जिल्ला अदालत उपस्थित गराइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545