Techie IT
शनिबार, वैशाख ६,२०८२

स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले आचारसंहिता उल्लङ्घन गरे कारवाही


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारवाही हुने जनाएको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनमा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारीमा प्राप्त भएको भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारका पक्ष या विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने जनाएको छ । साथै, आफू निर्वाचित भएका स्थानीय तह वाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी) आदिको प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने आचारसंहितमा व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले आचारसंहिता उल्लङ्घन गरे कारवाही


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545