Techie IT
आईतबार, वैशाख ७,२०८२

बेलचोकबाट नगद २ लाख २० हजार रुपैयाँ सहित ९ जना पक्राउ


चितवनमा जुवातास खेल्ने नौ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित अनिल गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

केही व्यक्तिहरुले खाल थापी पैसाको बाजी राखी हारजित हुने गरी तास नामक जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक दिपक के.सि. र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले असोज २० गते दिउँसो ४ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग गरेको तास १० बुक, बिछ्याईएको सेतो रंगको तन्ना १ थान र दुई लाख वाईस हजार पाँच रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध चितवन प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा थप अनुसन्धान गरिरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545