Techie IT
आईतबार, वैशाख ७,२०८२

जवरजस्ती करणीको उद्योगमा खानीखोलाका प्रहरी निरीक्षक अपुर्व ढुंगाना पक्राउ


धादिङमा महिला प्रहरीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्व ढुंगाना आफ्नै महिला प्रहरी कर्मचारीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा (शनिबार) पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक स्याम बहादुर खत्रीका अनुसार पक्राउ परेका प्रहरी निरीक्षक ढुंगानाले शनिबार बिहान सवा एक बजेको समयमा ती महिला प्रहरीलाई ब्यारेकमै गइ जवरजस्ती करणीको प्रयास गरेका थिए । आरोपित प्रहरी निरीक्षक ढुंगानाले जवरजस्ती करणी गर्ने मनाशयका साथ रातीको समयमा ती महिलाको ब्यारेकमा गएर दुब्यवहार गरेका रहेछन् । उनलेे भने, घट्नाको बारेमा हामीलाइ बिहान सात बजे जिल्लामा रिपोर्ट गराइसकेपछि उनलाई पेश बोलाए लगत्तै अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिइएको बताए ।

पीडित भनिएकी महिला प्रहरीले आरोपित प्रहरी निरीक्षकविरुद्ध जवरजस्ती करणीको उद्योगमा जाहेरी दिइसकेका छन् । पीडित प्रहरीको जाहेरीसंगै निरीक्षक ढुंगानाविरुद्ध जवरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत नायब उपरीक्षक खत्रीलेे बताए । पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य गरिरहेको छ ।

यता, महिला प्रहरीलाई जवरजस्ती करणीको प्रयास गर्ने प्रहरी निरीक्षक अपुर्व ढुंगाना बिवादित पृष्ठभूमि भएका प्रहरी अधिकृत हुन् । गएको चैतमा मात्रै उनलेे मादक पदार्थ सेवन गरी आफू मातहतकै प्रहरी बरिष्ठ हवल्दार श्रीभक्त तामाङ र ट्रकका चालक ध्रुव श्रेष्ठलाई कुटपिट गरेका थिए । रातको समयमा ट्रक रोकेर चौकी नजिकै बसेका श्रेष्ठलाई उनलेे पिटेको र बचाउनका लागि गएका वरिष्ठ हवल्दार तामाङमाथि आफूले लगाएको पेटी खोलेर पिटेका थिए भने, चौकीका अन्य प्रहरीलाई समेत तथानाम गाली गरेका थिए ।

लगत्तै भोलिपल्टै उनलेे बरिष्ठ हवल्दार तामाङलाई ‘रक्सीको तालमा के–के भयो’ भन्दै सम्झाउन खोजेका थिए । गृहमन्त्री बालकृष्ण खाँणको पूर्व पीएसओ समेत रहेका ढुंगाना शक्तिकेन्द्रकै आडमा खानीखोला सरुवा भएका हुन् । त्यतिबेला उनलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने पक्कापक्की जस्तै भएपछि डरले विभिन्न शक्तिकेन्द्र समेत धाईरहेको थियो । ढुंगाना महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खानीखोला पुगेका हुन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545