Techie IT
आईतबार, वैशाख ७,२०८२

कप्तान सन्दीप लामिछाने असोज २० गते नेपाल आउने


काठमाडौं । बलात्कारको आरोप लागेपछि सम्पर्कविहीन भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफु यहि ६ अक्टोबर अर्थात २० असोजमा नेपाल आउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू २० गते नेपाल आइपुग्ने पुष्टि गरेका हुन् । उनले नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने जनाएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु ।’ लामिछानेले फेसबुकमा लेखेका छन् ।

लामिछानेले आफु निर्दोष रहेको र न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कप्तान सन्दीप लामिछाने असोज २० गते नेपाल आउने, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545